अजित अधिकारी
चितवन- माडी नगरपालिका वडा नं ६ स्थित स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिरमा आगामी फागुन ९ गते महाशिवरात्रिका दिन गणेश भगवान् र शिवलिङ्गको मूर्ति स्थापना गरिने भएको छ ।

माडी ६ स्याउलीवासमा रहेको श्री नवदुर्गा भवानीको मन्दिर प्राङ्गण परिसरबाट पञ्चेबाजा, भजनकीर्तन र कलश यात्रासहित शोभा यात्रा गर्न लागिएको र सो दिन मन्दिर हुँदै माडीका बजारहरु परिक्रमा गरिने मन्दिर व्यस्थापन समितिका अध्यक्ष सागर गोतामेले नेपालीको आवाज डटकमसँग बताए ।

उनले माडी क्षेत्रको विकासको लागि सबै जना मिलेर लाग्नुपर्ने बताए । उनले माडी क्षेत्र धार्मिक ऐतिहासिकस्थलका रुपमा मात्र नभई समग्र पर्यटकीय क्षेत्रका रुपमा समेत माडी अगाडि रहेको र नेपाल पर्यटन वर्ष २०२० को सफलताको कामना गर्दै एकपटक स्वदेश र विदेशमा रहने पर्यटकहरुलाई माडी आउनसमेत अध्यक्ष गोतामेले सबैमा आग्रह गरेका छन् ।

गोतामे माडी क्षेत्रका एक सफल व्यवसायी रहनुका साथै माडीका परिचित समाजसेवीसमेत हुन् । उनले माडीका धार्मिक ऐतिहासिक स्थलहरुको खोजी निर्माण र संरक्षण एवम् सम्बर्द्धन गर्न सकिएमा माडी पर्यटकीय क्षेत्र र गन्तव्यको रुपमा अझ अगाडि बढ्न सक्ने तर्क गरे ।

पछिल्लो समय माडी धार्मिक ऐतिहासिकस्थलका रुपमा मात्र नभई कृषि पर्यटनका रुपमा समेत अगाडि छ । पर्यटकीय क्षेत्रका रुपमा नेपालकै सयौँ गन्तव्य नगरीको रुपमा विकास गरिएको मूर्तिको फूलबारीको रुपमा परिचित धार्मिक क्षेत्र सोमेश्वरगढीले माडीको धार्मिक क्षेत्रको विकास र पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

यसैगरी विभिन्न क्षेत्रहरूवाट माडी क्षेत्रको अवलोकन गर्नको लागि माडीमा रहेका अन्य धार्मिक क्षेत्रहरु शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, बैकुण्ठेश्वरधाम, गोदक, छरछरे, बिक्रम बाबा, वाल्मीकि आश्रम, परशुराम कुण्डलगायतका माडीका धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको संख्यामा वृद्धि भएकोसमेत अध्यक्ष गोतामेले बताए ।

साथै उनले माडी ६ स्थित स्याउलीवासमा श्री नवदुर्गा भवानी मन्दिरमा यही वर्षको नवदुर्गामा भव्य कार्यक्रमबीच मन्दिरको उद्घाटन गरिएकोसमेत बताए ।
उनले महाशिवरात्रिका दिन मूर्ति स्थापना गरिने हुँदा माडीमा रहेका सबै वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, एवम् माडीका विभिन्न धर्म अनुयायीहरु, विभिन्न सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मी साथीहरुलाइसमेत कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया