अजित अधिकारी
माडी, चितवन- राष्ट्रिय निकुञ्ज ऐन संशोधनकाे माग गर्दै माडीका वडाध्यक्षसहितका जनप्रतिनिधि आमरण अनसनमा बसेका छन् । माडी नगरपालिका-१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलसहितका वडा सदस्यहरु बुधबार राती ८ बजेदेखि माडीको बरुवा बजारमा आमरण अनसनमा बसेका हुन । चितवन राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधनसहितका माग सहित उनिहरु अनसन बसेका हुन ।

राष्ट्रिय निकुञ्ज २०२९ को ऐन संशोधन र जनमैत्री हुनुपर्ने लगाएतका मागहरु उनिहरुको रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) नियमावली २०७६ ले माडी जस्तो वहुउपेक्षित क्षेत्रलाई खासै संवोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः संशोधित हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव वन्यजन्तु द्धन्द्ध निवारणका लागि ठोस रुपमा वन र बस्तीबिच बैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रिउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, कसरादेखि बनकट्टा हुँदै बगहीदेखि बाँदरझुला सम्मको बाटो पूर्ण रुपमा स्तरोन्नती गरिनुपर्ने चौबिसै घण्टा आवत जावतको ब्यबस्था हुनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना हुनुपर्ने र प्राकृतिक श्रोत र साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने गरी ७ वटा माग सहित पौडेलको नेतृत्वमा अनसनको शुभारम्भ गरिएको हो ।

उता माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले प्रजातन्त्र दिबसको दिनदेखि शुरु गर्ने भनिएको अनसन कार्यक्रम पनि पछिल्लो समयमा आएर ढकालले तत्काल अनसन स्थगित गरेका छन । साथै नगर प्रमुख ढकालले अाँफु बुधबार साँझदेखि अनसन बस्ने भनेतापनी केन्द्रमा नेकपाका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईं फाल्गुन ७ गते अनसन नबसिदिनुस फाल्गुन १२ गते तपाईं काठमाडौं आउनुहोस् हामी बार्ताबाट नै जाउ, अनसन होइन, निकासको बाताबरण बार्ताबाट मात्र सम्भब छ । भनेर पार्टीका शिर्षस्थ नेताहरुले भनेपछि उनिहरुको आग्रहमा फाल्गुन ७ गते बुधबार बस्ने भनेको अनसन स्थगित गरेको ढकालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया