चितवन- चितवनको भरतपुर १९ तमुचोकस्थित चौबीसकोठी मेघौली सडकखण्डमा चनौलीबाट रामपुरतर्फ आउँदै गरेको प्रदेश नं २-००३-००४प ९४४० नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकछेउमा रहेको रुखमा ठोक्किँदा भरतपुर ६ गीतानगरका अन्दाजी ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ ।

फागुन ६ गते राति साढे आठ बजेको समयमा दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि रामपुर स्वास्थ्य चौकी पठाइएकोमा उपचारका क्रममा ८ : ४५ मा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया