काठमाडौँ- सुनसरीबाट ३५ दिने तीर्थयात्राका लागि भारत गएका छ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ ।

सलेम बेंगलरु नेशनल हाइवेमा आज बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । प्रहरीले दुई महिलासहित छ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् ।

दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया