चितवन- भरतपुर महानगरको वडा नं १ रामपुरबाट आँपटारीतर्फ जाँदै गरेको ना१ह ७९०३ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा गैँडाकोट ४ नवलपरासी बस्ने ३५ वर्षीय विनोद साह, भरतपुर १ बस्ने ३२ वर्षीय बुद्धि आले, सोही वडा बस्ने ४८ वर्षीया मनकुमारी थापा, ३९ वर्षीया कमला दराई, ४५ वर्षीय सोमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया