चितवन- चितवन आवासीय विद्यालय क्षेत्रपुरको ३६औँ अभिभावक दिवस गायत्री श्रेष्ठको अध्यक्षतामा नारायणी कलामन्दिर नारायणगढमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण श्रेष्ठ विद्यालयको उन्नति प्रगतिका बारेमा चर्चा गरेका थिए । विद्यालयका प्रिन्सिपल केशवकुमार श्रेष्ठले विद्यालयको आर्थिक वर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरका नेपाल स्काउटका राष्ट्रिय उपाध्यक्ष एवम् जिल्ला आयुक्त तीर्थराज न्यौपानेले स्काउटकाके महत्वबारे प्रकाश पार्दै स्काउटले विद्यार्थीलाई अनुशासित, सहयोगी र जिम्मेवार बनाउन सहयोग पुग्ने बताए । सो अवसरका स्काउटका छात्रछात्राहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
कार्यक्रममा स्काउट मास्टर मोहन चौधरीलगायत विद्यालयका अनुशासित छात्रछात्रा, विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी एवम् अन्य शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा पूर्व प्रअ शरद श्रेष्ठ, नेपाल स्काउटका सचिव रामप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।