
चितवन- रत्ननगर १ निपनीस्थित ओमशान्ति राष्ट्रिय आधारभूत विद्यालयको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
रामेश्वर चौधरीको अध्यक्षता एवम् रत्ननगर १ का वडाध्यक्ष शंकरसिं तामाङको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नौ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
नर्सरीदेखि पाँच कक्षासम्मका नौ विद्यालयका विद्यार्थीबीच आयोजित वक्तृत्वकला प्रतियोगितामा असिम ठाकुर (ओमशान्ति), रोज चौधरी (चितवन बालसंसार), उत्सव पौडेल (चितवन बालसंसार), बसन्त दराई (ओमशान्ति), उमा आचार्य (ओमशान्ति), सेफअलि खान (ओमशान्ति), निकिता आचार्य (ओमशान्ति) र निर्जल दराई (ओमशान्ति) प्रथम भएका छन् ।
यस्तै, कक्षा १ देखि ५ सम्म क्रमशः सुनित चेपाङ (पञ्चतेज), अदित दराई (ओमशान्ति), अंगिता रिमाल (ओमशान्ति), कल्पना परियार (ओमशान्ति), जैनाव खातुन (ओमशान्ति) द्वितीय भए ।
यस्तै, कक्षा १ देखि ५ सम्म क्रमशः अञ्जली ठाकुर (ओमशान्ति), आशा दराई (बैरिया मावि), सुष्मा भट्ट (बैरिया मावि), स्मृति पाण्डे (पञ्चकन्या मावि), विनय अर्याल (पञ्चकन्या मावि) तृतीय भए ।
प्रतियोगितामा डिल्लीराम पोखरेल, सुष्मा सापकोटा र सुरज चौधरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।