चितवन- कुमारी बैंक लिमिटेड सौराहा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार चितवनको सौराहामा डस्टविन र फलामे बेन्च सहयोग गरेको छ ।

रत्ननगर ६ र ७ का विभिन्न स्थानमा २९ थान डस्टविन राख्नुका साथै गैँडाचोक र चराचोकमा दुई दुई थान गरी चार थान फलामको बेन्च राखेको छ ।

भ्रमण वर्षलाई र सौराहा आउने पर्यटकलाई फोहोर फाल्न सहजताको लागि डस्टविन र बेन्च राखेको कुमारी बैंक लिमिटेड सौराहा शाखाका प्रबन्धक धनपति लामिछानेले जानकारी दिए ।

कुमारी बैंक लिमिटेडले दिगो फोहोर व्यवस्थापन सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर यस कार्यले सौराहा स्वच्छ र हराभरा बनाउने कार्यमा थप टेवा पुग्ने दिगो फोहोर व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष ध्रुव गिरीले बताए ।

डस्टविन र बेन्चको व्यवस्थापनको जिम्मा दिगो फोहोर व्यवस्थापन सहकारी संस्थाले लिएको छ ।

तपाईको प्रतिक्रिया