चितवन- इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलनजिक शनिबार बिहान कार दुर्घटना हुँदा दुई महिला घाइते भएका छन् ।
नारायणगढबाट पोखरातर्फ जान लागेको बा१२च ६७७० नम्बरको कार आफैँ अनियन्त्रित भई पल्टिँदा दुई जना मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
घाइतेहरुमा माडी नगरपालिका १ की ३५ वर्षीया मनिता लामा र माडी ६ की ३६ वर्षीया माया रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।