चितवन- माडी नगरपालिका वडा नं १ अम्बवा निवासी महेन्द्र महतोका दुई वर्षीय छोरा निश्चल महतोको शनिबार बेलुकी ४ः३० बजे आँगनछेउमा जमेको खाल्डोमा खेल्दै गर्दा डुबेर गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार आँगनमा खेलिरहेका बेला अचानक खाल्डोमा परी गम्भीर घाइते भएपछि स्थानीय बघौडा अस्पताल लगिएकोमा उपचारका क्रममा ४ः५० बजे मृत्यु भएको हो ।