चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं २ स्थित गड्यौलीमा शनिबार बिहान ११ः ३५ बजे पूर्वपश्चिम राजमार्गमा बाटो काट्ने क्रममा एक बालक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख १४७८ नम्बरको ट्रकले गड्यौली २ निवासी उद्धव तिवारीका ५ वर्षीय छोरा निकेश तिवारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया