चितवन- चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिको प्रथम साधारण सभा एवं अधिवेशनले ताराबहादुर कार्कीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षहरुमा शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, सचिवमा राजु पुडासैनी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सहसचिवमा दुर्गालाल सापकोटा, सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, वीरेन्द्रबहादुर दवाडी, रुकेश सापकोटा, विवेक देवकोटा, गणेश गुरुङ, मेघराज तामाङ र समितिको मनोनित सदस्यहरुमा धर्मराज अधिकारी र विनोद कुमाल रहेका छन् ।

नयाँ कार्यसमितिका पदाधिकारीलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल र सञ्चार अधिकृत राजु भट्टको निर्वाचन टोलीले शपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीले मेटल समितिमा सदस्यता लिएका सदस्यहरुलाई आर्थिक वर्षको असार मसान्तसम्म चितवन उद्योग संघ र चितवन औद्योगिक साकोसको सदस्यता लिनसमेत भेलाबाट अनुमोदन भएको बताए । समितिकी नवनिर्वाचित उपाध्यक्ष शान्ता न्यौपानेले धन्यवाद मन्तव्यसहित कार्यक्रमको समापन गरेकी थिइन् ।

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समितिका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले विवाद समाधान समितिको प्रतिवेदन, सचिव राजु पुडासैनीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहनलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समितिको बिमा कार्यक्रममा आबद्ध भई सबैभन्दा बढी कर्मचारीहरुको बीमा गर्ने उद्योग, कृष्णप्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, सूर्यप्रसाद तिमिल्सिनालगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया