चितवन- पूर्वी चितवनको रत्ननगरमा साेताेकान कराँतेका खेलाडीहरुको शनिबार ग्रेडिङ गरिएको छ । साेताेकान कराँते डो एसोसिएसन नेपालमार्फत रत्ननगर २ हाइस्कुल रोडमा रहेको वल्र्ड आर्ट लिंकले १० जना कराँते खेलाडीहरुको ग्रेडिङ गरेको हो ।
१० जना खेलाडीलाई ह्वाइट बेल्टबाट एल्लो बेल्टमा अपग्रेट गरिएको लिंकका प्रबन्ध निर्देशक योगेश खनालले जानकारी दिए ।
खेलाडीहरुलाई कराँते खेलका प्रशिक्षक अनिलकुमार विश्वकर्माले ग्रेडिङ गराएका थिए । चैतको पहिलो हप्ता काठमाडौँमा हुने राष्ट्रिय साेताेकान प्रतियोगितामा ग्रेडिङ १० जनामध्ये सात जना खेलाडीलाई सहभागी गराइने खनालले जानकारी दिए ।
प्रतियोगितामा सहभागी अधिकांश खेलाडीले गोल्ड मेडल जित्ने अपेक्षा गरिएको उनले बताए । जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव रामजी ढकाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा सैनिक आवासीय महाविद्यालय खैरहनीका भविन्द्रजंग थापा, पञ्चकन्या माविका शिक्षक जगदिश खनाल, तोतोकान कराँते डो एसोसिएसन चितवनका उपाध्यक्ष रोहित गिरी सदस्य सचिन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
पाँच वर्षअघि स्थापना भएको वल्र्ड आर्ट लिंकले आर्ट, डान्स, म्युजिक, स्वीमिङ र कराँतेको प्रशिक्षण दिँदै आएको प्रबन्ध निर्देशक खनालले जानकारी दिए ।