चितवन- स्काउटका जन्मदाता वेडेल पावेलको जन्मदिनको अवसरमा नेपाल स्काउट कल्याणकोष चितवनको स्थापना दिवस र तेस्रो साधारण सभा कल्याणकोषका अध्यक्ष भुवानीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो अवसरमा कोषका सचिव मुक्तिनाथ ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामजी अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा नेपाल स्काउट एण्ड गाइड फेलोसिपका केन्द्रीय उपाध्यक्ष एवम् जिल्ला आयुक्त तीर्थराज न्यौपानेले युद्धबाट जन्मिएको स्काउट विश्वमा अत्यन्त लोकप्रिय भएको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार हरिराज पौडेल, कृष्णप्रसाद सापकोटा, जीवनाथ पराजुली, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, प्रिन्सिपलद्वय भानुभक्त अर्याल, चेतनाथ घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया