चितवन- कंकाली सामुदायिक वनको चुनावमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकटका राममणि न्यौपाने विजयी भएका छन् । अन्य पदमा नेकपाका उम्मेदवारले जित हात पारेका छन् ।
अध्यक्षमा निर्वाचित न्यौपानेले उनका प्रत्यासी नेकपा निकटका रामेश्वर पोखरेललाई २६ मतले पराजित गरेका हुन् । न्यौपानेले कुल खसेको मतमध्ये ८५३ मत प्राप्त गरे । पोखरेलले ८२७ मत प्राप्त गरे ।
कार्यसमितिको पदाधिकारी र लेखा समितिमा भने नेकपाका उम्मेदवार विजयी भए । न्यौपाने यसअघि कंकाली वनको दुईपटक अध्यक्ष भइसकेका थिए ।
वरिष्ठ उपाध्यक्षमा नेकपाका युवराज थापा ८३६ मत, उपाध्यक्षमा दलबहादुर बस्नेत ८८६ मत , सचिवमा लक्ष्मी थापा ८४५ मत, कोषाध्यक्षमा कृष्णबहादुर बस्नेत ९०८ मत र सहसचिवमा रामहरि अर्यालले ८६४ मत प्राप्त गरे ।
लेखा समिति संयोजकमा रामकृष्ण खतिवडाले ८२४ मत तथा सदस्यहरु श्याम कार्कीले ८३६ र अर्जुनकुमार सापकोटाले ८४३ मत प्राप्त गरे । निर्वाचनमा १ हजार ७५१ मत खसेको थियो ।