चितवन- पूर्वी चितवनको रत्ननगर ३ बेल्सीस्थित राजमार्गमा आइतबार बेलुकी ५ बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ६३०८ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको ना ४५ प १०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नामथर नखुलेको अन्दाजी ३२ वर्षीय एक पुरुष गम्भीर घाइते भएका हुन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र घटनास्थलबाट दुवै सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया