चितवन- मैयाँदेवी कन्या कलेज, भरतपुरमा स्नातह तहमा अध्ययरत छात्राहरुले राप्ती नगरपालिका ११ स्थित विकट कोराकको चेपाङ बस्तीमा शनिबार राहत वितरण गरेका छन् ।

५० घरधुरी रहेको उक्त गाउँको अवस्था दयनीय देखेपछि समाजसेवीहरु दामोदर देवकोटा, रामचन्द्र कँडेल र झलक पौडेलको सहयोगमा उनीहरुलाई दैनिक आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा आर्थिक सहयोग गरी करिब ३५ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको अस्मिता न्यौपाने जानकारी दिइन् । उनले आगामी दिनमा पनि सहयोगका कार्यक्रम लिएर आउने बताइन् ।

मैयाँदेवी कलेजमा स्नातक तह अध्ययनरत प्रतीक्षा पौडेल, संगीता अर्याल, अस्मिता न्यौपाने, करुणा गुरुङ, प्रतिभा कँडेल, निशा अग्रवाल, अञ्जु कँडेल, रेखा न्यौपानेलगायत १२ जनाको टोलीले विपन्न चेपाङका लागि राहत प्रदान गरेको हो ।

कोराक नगरपालिका बने पनि विद्युत्, खानेपानी तथा उच्चशिक्षाको पहुँचबाट टाढा रहेको र सो क्षेत्र सरकारको आँखामा पनि नपरेको स्थानीय नवीन प्रजाले गुनासो गरे । अर्का स्थानीय कृष्णप्रसाद प्रजाले खानेपानी र विद्युत्को समस्यालाई स्थानीय सरकारले तत्कालै समाधान गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया