अजित अधिकारी
चितवन- माडी नगरपालिका-३ स्थित बसन्तपुर बजारमा रहेको खुल्ला खेलमैदान प्राङ्गणमा फाल्गुन ७ गते शुभारम्भ भएको दोश्रो दिवाकर च्याम्पियनसीप भलिबल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवालले समापन गरेका छन् ।

नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै सिलवालले अबको चार वर्षभित्रमा देशका सातवटै प्रदेशमा नेपाल खेलकुद क्षेत्रमा योग्य हुने बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि सबै मिलेर लाग्नुपर्ने तर्क गर्दै गाउँठाउँको विकासको लागि खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले माडी क्षेत्रलाई खेलमैदान, कबड हल निर्माण र फुटबल ग्राउण्डको रुपमा विकास गराउन लागेको बताए । उनले माडीलाई खेलकुद केन्द्र बनाउनुपर्ने तर्क गरे ।

उनले खेलकुदको विकासको लागि नगर खेलकुद विकास समिति माडी र माडी नगरपालिकाले खेल क्षेत्रको विकासको लागि खेलेको भूमिका सराहनीय रहेको बताए ।

सिलवालले विगतको समयलाई स्मरण गर्दै हिजो माडी बत्तीमुनिको अध्यारोजस्तै रहेको तर आज त्यो अवस्थाबाट उज्यालोतर्फ आएकोमा खुशी व्यक्त गरे ।

नेपालको सयौँ गन्तव्य नगरीको रुपमा रहेको माडीको धार्मिक ऐतिहासिकस्थलको रूपमा रहेको मूर्तिको फूलबारीको रुपमा परिचित सोमेश्वरगढीले माडीको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा माडीलाई निकट समयमा विश्वसामु परिचित गराउने विश्वास उनले व्यक्त गरे । त्यसका लागि अझ धेरै प्रचारप्रसार र पर्यटकहरुको लागि बस्ने, बाटोघाटो, होटल रेस्टुराँहरुको निर्माण गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया