पोखरा- पोखराको फेवातालमा सोमबार दिउँसो डुंगा पल्टँदा एकजना बेपत्ता भएका छन् भने अन्य दुई जनाको सकुशल उद्धार गरिएको छ ।

हराउनेमा काठमाडौँ–१०, कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल रहेका छन् । डुंगामा रहेका सोही ठाउँका ३७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने त्यहाँ रहेको सशस्त्र प्रहरीको उद्धार टोली र हल्लनचोकमा रहेको कन्ट्रोल रुम भेइकलको टिमले उद्धार गरेको हो ।

उनीहरु दिउँसो आफैँले डुंगा चलाएर फेवाताल घुम्न निस्केका थिए । दिउँसो उनीहरु चढेको डुंगामा एकाएक पानी भरिएपछि डुंगा पल्टेको थियो ।

उनीहरुले फेवातालको सिरानतिर पर्ने खपौँदीबाट डुंगा लिएर फेवातालमा निस्केको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए । हराएकाको खोजी भइरहेको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया