काठमाडौँ- आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का वर्षा हुनेछ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया