काठमाडौँ- काठमाडौंको कलंकीस्थित सोमबार बेलुका एउटा ट्रकले नौ वटा सवारी साधनलाई एकैसाथ ठक्कर दिँदा एकको मृत्यु भएको छ । यस्तै, ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ना ६ ख २८७१ नम्बरको उक्त ट्रकले ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बा ४४ प १८१० नम्बरको स्कुटरका चालक गोंगबु बस्ने चितवनको टाँडीका ३३ वर्षीय शम्सेर गुरुङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

१ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमै ६ जनाको कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा र १ जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । ट्रक र सर्लाही घर भएका ट्रक चालक वीरेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया