अजित अधिकारी
चितवन- माडी नगरपालिका ५ ब्रह्मपुरीस्थित श्री ब्रह्मज्योति आधारभूत विद्यालय ३५औँ वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव पुष्पराज ढकालले शिक्षा क्षेत्रको विकास र शिक्षालाई स्वच्छ वातावरणमा अगाडि बढाउनुपर्ने तर्क गरे । शिक्षा क्षेत्र राजनीतिबाट अलग रहनुपर्ने धारणा राख्दै उनले समाज विकासको लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहने हुँदा शिक्षाले समाजमा अँध्यारोलाई उज्यालो किरणमा परिणत गर्ने बताए ।

माडी नगरपालिका ५ का वडाध्यक्ष एवम् नगर खेलकुद बिकास समितिका अध्यक्ष रामबन्धु पोख्रेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा माडी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चोकलाल काफ्ले, बघौडा उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद तिवारी, सोमेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवीलाल पौडेल, नेपाल शिक्षक महासंघ माडी नगर कमिटीका अध्यक्ष चन्द्रमणि महतो, इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

शिक्षक भविश्वर ढकाल र निरु कार्कीले सञ्चालन गरेको कार्यक्रम ब्रह्मज्योति आधारभूत माध्यमिक विद्यालयका व्यस्थापन समितिका अध्यक्ष खेमनारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया