चितवन- हरिहर टोल विकास संस्था रत्ननगर–१० को अध्यक्षमा केशव शर्मा लामिछाने चयन भएका छन् । १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामचन्द्र मिश्र, सचिवमा रामकृष्ण लम्साल, कोषाध्यक्षमा गायत्री अर्याल र सदस्यहरुमा यज्ञप्रसाद पौडेल, दया आचार्य, जीवनाथ सिंखडा र लेखा समिति संयोजकमा झपेन्द्रराज पन्त, सदस्यहरुमा विष्णुबाबु जोशी र प्रेम आचार्य चयन भएका छन् ।

वडा सदस्य सीता भेटवाल प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता सोमप्रसाद भट्टले गरेका थिए ।

तपाईको प्रतिक्रिया