चितवन- मौसम प्रभावित हुँदा तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको बताइएको छ ।

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो ।

वास्तविक तथ्यांक आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उनले जानकारी दिए । अहिलेको वर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । चितवनमा हाल १८ वटा इँटा उद्योग सञ्चालनमा रहेका छन् । (रासस)

तपाईको प्रतिक्रिया