चितवन- भरतपुर महानगर १० बाइपासस्थित हुलाक चोकअगाडि आँपटारीबाट बसपार्कतर्फ जाँदै गरेको ना ६ ख १४७५ ट्रक र विपरीत दिशाबाट आइरहेको ना ३१ प ४५८५ नंको स्कुटर ठक्कर शुक्रबार बेलुकी ७ : २५ बजे खाँदा नामथर नखुलेको अन्दाजी २२ वर्षका स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा नामथर नखुलेका ती व्यक्तिको उपचारका क्रममा ७ : ५० बजे मृत्यु भएको हो ।

दुर्घटनास्थलबाट दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया