चितवन- पूर्वी चितवनको रत्ननगरमा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरू भएको छ ।

रत्ननगर नगरपालिका वडा नं–१ ले आयोजना गरेको सो कार्यक्रममा वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा बाल क्लबका अध्यक्षहरुको सहभागिता रहेको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा विपद् व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक, दुर्घटना न्यूनीकरण, लागूऔषध नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरका सचिव रामचन्द्र पौडेल र प्रशिक्षक अम्बिका ढकालले विपद् व्यवस्थापन तथा ट्राफिक प्रहरीका हबलदार लोकबहादुर घर्ती, प्रहरी जवान रोहित खरेलले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्य शालिकराम पराजुलीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

कार्यवाहक वडाध्यक्ष बाबुराम गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य भरथी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया