चितवन- रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत रत्ननगरकी एक जना बालश्रमिक अभिभावकलाई किराना सामग्री सहयोग गरिएको छ ।

सेवा प्रदायक संस्था रत्ननगर उद्योग वाणिज्य संघले बाल आश्रमबाट उद्धार गरिएका दुई बालिकाकी आमा रत्ननगर–१४ निवासी पम्फा श्रेष्ठलाई आयआर्जनका लागि किराना सामान र बालिकाहरुको शिक्षाका लागि शैक्षिक सहयोग गरिएको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम अधिकृत मीना खनालले जानकारी दिइन् ।

बालिकाहरुको शिक्षाका लागि सहज होस् भनेर संघले सहकारीमा खाता खोलेर तीन हजार रूपैयाँसमेत जम्मा गरिदिएको छ ।

संघको कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सांसद् कृष्णप्रसाद खनाल र संघका अध्यक्ष राजाराम रेग्मीले किराना तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उपाध्यक्षहरु भीमनारायण श्रेष्ठ, शंकर गिरी, महासचिव निराजन खनाल, सदस्यहरु उपेन्द्र शर्मा आचार्य, रामशरण नेपाललगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया