चितवन- नेपालमा अत्यधिक ग्राहकले रुचाएको हिरो [HERO] बाइकको आधिकारिक बिक्रेता सारथि मोटर्सले रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग शनिबार बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सारथिले व्यापार प्रर्वद्धन र फाइनान्स सुविधाको विषयमा सहकारीका सञ्चालकहरुसँग अन्तक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले सहकारीमा फाइनान्स गर्दा लगानी सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका थिए । कार्यक्रममा सारथि मोटर्सको सञ्चालक शंकर पौडेलले मोटरसाइकलको व्यापार प्रर्वद्धनको लागि सहकारी महत्वपूर्ण अंग भएकाले उनीहरुसँगको निकटता बढाउन कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा सारथिका सञ्चालकहरु तेजेन्द्र कुँवर, संजय लामा, दिनोज श्रेष्ठसहित रत्ननगर, खैरहनी र कालिका नगरका एकदर्जनभन्द्या बढी सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया