लक्ष्मण गौतम
चितवन- चितवन माडीस्थित साविक अयोध्यापुरी गाउँ विकास समिति क्षेत्रभित्र बसोबास गरी हाल भरतपुर आसपासको क्षेत्रमा बस्दै आएका स्थानीयहरुको भेटघाट तथा वनभोज कार्यक्रम शनिबार आँपटारीमा सम्पन्न भएको छ ।

माडीको साविक अयोध्यापुरीबाट भरतपुर महानगरका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्ने उद्देश्यले साविक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजको अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साविक अयोध्यापुरीका स्थानीयवासी तथा प्रदेश सांसद् घनश्याम दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा अयोध्यापुरीका सामाजिक अगुवाहरु यामबहादुर परियार, सन्तलाल गुरुङ, मदन पौडेल, देवेन्द्रपुर जगन्नाथपुर सम्पर्क समाजका अध्यक्ष शशि लामिछाने, पूर्वशिक्षक देवीबहादुर केसीलगायतले कार्यक्रमको औचित्य र सफलताको कामना व्यक्त गरेका थिए ।

कार्यक्रम साविक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया