
चितवन- सधैँ नेपाली ग्राहकहरुको रोजाइमा पर्ने गरेको नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुन्डाइ मिट एण्ड ग्रेट कार्यक्रम सम्पन्न भएको छ ।
विश्वबजारमा हुन्डाइ गाडीको पछिल्लो अवस्थाको जानकारी दिने र हुन्डाइ गाडी प्रयोगकर्ताहरुको सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक रुपेश शर्मा भट्टले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक भट्टले नेपाली अटो बजारमा हुन्डाइको अवस्था, प्रभाव र पछिल्लो प्रविधिको बारेमा जानकारी गराएका थिए । सदाझैँ यसवर्ष पनि चितवन र आसपासका ग्राहकहरुलाई मध्यनजर गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुरमा आफ्ना ग्राहकहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ग्राहक तथा कम्पनीका सम्बन्धित कर्मचारीहरुबीच आफ्नो सवारीसाधनको बारेमा अन्तक्र्रियासमेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले ग्राहकहरुसँग सल्लाह, सुझाव आदानप्रदान गरी गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पु¥याउने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका क्षेत्रीय बिक्री अधिकृत दिपेश पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ प्रमुख आवासिस ओझाले कम्पनीले आफ्ना उत्पादन बिक्री गर्नुको अलवा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरु गर्ने गरेको बताए । प्राकृतिक प्रकोपका कारण सवारीसाधनमा भएको क्षतिबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति राहतको कामसमेत गरेको उनको भनाइ थियो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डिलर सेल्स प्रमुख सुशील क्षेत्रीले कम्पनीले गाडी बेच्नेमात्रै नभएर ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताए ।
हुन्डाइका गाडीहरु सधैँ नेपाली ग्राहकहरुको रोजाइमा पर्ने गरेको बताउँदै हुन्डाइ गाडीको चितवनको लागि आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ कन्सर्नका प्रबन्ध सञ्चालक ईश्वरकुमार श्रेष्ठले हुन्डाइ गाडीप्रति आफ्ना ग्राहकहरु सन्तुष्ट रहेको दाबी गरे । हुन्डाइले आफ्नो विश्वसनीयता कायम गर्दै उच्च गुणस्तरीय गाडीहरु उत्पादन गर्दै आएको प्रबन्ध सञ्चालक श्रेष्ठको भनाइ थियो ।