चितवन- चितवनमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको सामाजिक अभियन्ताहरुको समूह वे ग्रुपले नियमित सरसफाइअन्तर्गत पोखरा बसपार्क नजिकैको दियालो बंगला छेउछाउका क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भरतपुर महानगर २ का जनप्रतिनिधिहरु, साइकल अभियन्ता रुक्मिनी सापकोटा, साहित्यकार सिम्रन क्षेत्री, बसपार्क टोल सुधार समितिका बसपार्क टोलसुधार समितिका अध्यक्ष सन्तोष श्रेष्ठ तथा पुरन श्रेष्ठ, स्मल हेभल मोडेल स्कुलमा अध्यनरत कक्षा ६ देखि ११ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । शनिबार वे ग्रुपले धेरै वडामा वडास्तरीय सरसफाइ गरेको थियो ।

साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटाका अनुसार शनिबार बिहान ७ बजेदेखि भएको सरसफाइ कार्यक्रमपछि बालबालिकालाई साइकल यात्रामार्फत् देवघाट पुगेर सरसफाइ गरिएको थियो ।

तपाईको प्रतिक्रिया