चितवन- पूर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा सामुदायिक भवन शिलान्यास गरिएको छ ।

वडाध्यक्ष गुप्तनाथ भट्टराईको अध्यक्षता एवम् पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्तिचोक सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष केदार खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेशसभा सदस्यद्वय कृष्णप्रसाद खनाल, कञ्चन खनाल, पूर्वशिक्षा राज्यमन्त्री एवम् पूर्वसांसद् शेषनाथ अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चन्द्रमणि आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया