चितवन- चितवनको कालिका नगरपालिका वडा नं ८, १० र ११ सिद्धि र शक्तिखोरमा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिनि एवं अन्य सरोकारवालाहरुसंग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीयस्तरमा सुशासन प्रर्वद्धनका लागि चेपाङ महिलाको नेतृत्व विकास गर्न, स्थानीय निकायमा सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न र योजना निर्माण प्रक्रियामा चेपाङ महिलाहरुको सहभागिता वढाउनुका साथै स्थानीय निकायले दिने सेवासुविधा र विकासका योजनाहरु अतिसीमान्तकृत चेपाङ समुदायसम्म पु¥याउन सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले अगुवा चेपाङ महिलाहरुको सक्रियतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अतिसीमान्तकृत चेपाङ समुदायका महिलाहरुको सशक्तीकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जनलगायत मानवअधिकारको रक्षा गर्न, स्थानीय सरकार र अन्य गैरसरकारी सरोकारवाला निकायहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गरी स्थानीय योजना निर्माण प्रक्रियामा चेपाङहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताए ।
उनले यस्तो कार्यक्रमबाट अशिक्षा र चेतनाको कमीले गर्दा चेपाङ समुदायमा विद्यमान बालविवाह, बहुविवाह, महिला हिंसाजस्ता असामाजिक क्रियाकलापहरुविरुद्ध जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीय तहका हरेक निकायमा सीमान्तकृत चेपाङ महिलाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सरोकारवाला निकायको जवाफदेहिता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको कार्यक्रम निर्देशक कार्कीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अगुवा चेपाङ महिला पैरवी मञ्च कालिका ८ का अध्यक्ष मंगला चेपाङले अधिकांश कार्यक्रमहरुमा चेपाङहरुलाई बैठकमा सहभागिता नगराउने, चेपाङलाई लक्षित गरेर आएका छात्रवृद्धि कार्यक्रमबाट अन्य समुदायले पनि सुविधामा लिने गरेको बताइन् ।
कालिका १० का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष शशिकला चेपाङले वडा कार्यालयले चेपाङ महिलाहरुको लागिमात्र बजेट छुट्टाउनुपर्नेमा जोड दिइन् ।
उनले टोल सुधार संस्थाका पदाधिकारीहरुले महिलाहरुलाई योजना निर्माणका बैठकहरुमा चेपाङ समुदायलाई सहभागिता नगराएको दखेसो पोखिन् ।
यस्तै, कालिका ११ का सनिता चेपाङले महिलाहरुबीच एकता नहुँदा सेवासुविधाबाट विमुख हुनुपरेको बताइन् । सामुदायिक भवन नहुँदा महिलाहरु बैठक बस्न नसकेको उनको गुनासो थियो ।
सिद्धि स्वास्थ्य केन्द्रका अरुण पोखरेलले अझै पनि महिलाहरु घरैमा सुत्केरी हुने, गर्भजाँच नगराउने गरेकाले आगामी दिनमा प्रजनन स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्र्दै कालिका नगरपालिका वडा नं १० का वडाध्यक्ष दिलबहादुर गुरुङले चेपाङहरुलाई अन्य समुदायको तुलनामा प्राथमिकतामा राखेर काम गरेको बताए । उनले भने ‘यदि महिलाहरुले सामूहिक रुपमा उपयुक्त योजना माग गरेमा रकम छुट्याइने छ ।’
कालिका नगरपालिका वडा नं ११ का वडाध्यक्ष कृष्णबहादुर चेपाङले वडाले हाल वाटो निर्माणलाई प्राथमिकता दिए पनि स्वास्थ्यचौकी निर्माण गर्न बजेट निकासा गरेको बताए ।
महिला समूहको भवन निर्माणको लागि महिलाहरुले जग्गाको व्यवस्था गरेमा भवन निर्माणको लागि बजेट निकासा गर्ने बताउँदै डेक–नेपालले चेपाङहरुको नेतृत्व क्षमता विकासमा पु¥याएको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामप् दिनमा पनि आयमूलक कार्यक्रमहरुमा सहयोग गर्न सुझाए ।
कालिका ११ अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष सजिना चेपाङले महिलाहरु घर व्यवहार बालबच्चाको हेरचाहमा व्यस्त हँुदा समुदायमा नेतृत्व लिन नसकेको हुनाले अगाडि बढ्न घरका पुरुषहरुले साथ दिनुपर्ने बताइन् । महिलाहरुलाई सीपमूलक र उद्घोषणको तालिम आवश्यक रहेको उनको माग थियो ।
डेक–नेपालद्वारा अन्डेफको सहयोगमा सञ्चालित लैंगिक उत्तरदायी सुशासन प्रर्वद्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तीकरण कार्यक्रमअन्तरगत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा कालिका नगरपालिका ८, १० र ११ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्षको अध्यक्षतामा सम्बन्धित वडाध्यक्षहरुको प्रमुख आतिथ्यतामा फागुन १५, १६ र १७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडाका निर्वाचित वडा सदस्यहरु, महिला सदस्य टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य केन्द्रका प्रतिनिधि, नेपाल चेपाङ संघका नगर अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, सामुदायिक वन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, वडा न ३, ८, ९, १० र ११ का स्थानीय श्रोत व्यक्तिहरु, राजनीतिक दलका प्रतिनिधिलगायत १९० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानीय श्रोत व्यक्तिहरुले सञ्चालन गरेका थिए ।