
चितवन- चितवनमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढ्दै गएको छ । लागूऔषधमुक्त समाज निर्माण गर्ने अभियानमा प्रहरीले सक्रिया बढाए पनि लागूऔषध प्रयोगकर्ता भने बढिरहेका छन् ।
यसै क्रममा सोमबार बेलुकी ४ बजेको समयमा कालिका नगरपालिका वडा नं ५ स्थित सुवास श्रेष्ठको कुखुराको खोरमा निजले लागूऔषधको सिरिन्ज लगाइरहेको अवस्थामा पदमपुर प्रहरी चौकीले पक्राउ गरेको छ ।
प्रहरी नायब निरीक्षकको टोलीले सोही खोरमा सुवाससँगै वर्ष ३० का देवन मगरलाई पक्राउ गरेको हो । दुवैको साथबाट लागूऔषध डाइजेपाम ५५ एम्पुल, फेनारगन १२९ एम्पुल, नुरफिन ४९ एम्पुलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रत्ननगरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
#तस्बिरहरु : इलाका प्रहरी कार्यालय (टाँडी)