हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्तक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको घटनास्थलबाट उद्धार कार्य हुँदैछ । घटनास्थलतर्फ एम्बुलेन्स पठाइएको छ । थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया