
चितवन- भरतपुर महानगर २९ को पन्ध्र किलोस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबार दिउँसो पौने २ बजे तीन जना चढेको मोटरसाइकल राकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोक्किएको थियोे । दुर्घटनामा घाइतेहरुको सिएमसीमा उपचार गराइएकोमा मोटरसाइकल चालक कावासोती ९ का ३८ वर्षीय नरबहादुर थापाको २ः २५ बजे मृत्यु भएको हो ।
निजकै छोरा ५ वर्षीय विवश थापा र सोही ठाउँका २७ वर्षीय अमृत बोहोराको उपचार भइरहेको प्रहरी चौकी जुगेडीले जनाएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।