चितवन- भरतपुर ११ नहरचोकमा रहेको लिटल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले नयाँ व्यस्थापनका साथ सेवा सञ्चालनमा आएको छ ।
पुराना ३० जनासहित नयाँ बालबालिकाहरुको उत्साहजनक भर्ना रहेको उक्त मन्टेश्वरीकी प्रिन्सिपल श्रेयसा देवकोटाले बालबालिकाहरुलाई मनोरञ्जन दिई हरेक कुरामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
बालबालिकालाई पढाइमात्र नभई खेलकुद, नृत्य तथा अतिरिक्त क्रियाकलापमा समेत टेवा पुग्ने हेतुले पढाइ संचालन गर्न लागेको जानकारी दिइन् । घरमा रेखदेख गर्न समय नपुग्ने अभिभावकका सन्तानलाई राम्रोसँग हेरबिचार गरि बालबालिकहरुलाई आफ्नै घरमा बसेर पढेको अनुभूति हुने उनले बताइन् ।
उक्त मन्टेश्वरी बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउनुका साथै स्वच्छ, शान्त वातावरणमा अध्ययन गर्न पाउनेछन् । सो मन्टेश्वरीमा बाल–बालिकाहरुका लागि सफा, शुद्ध भोजनालयको पनि व्यवस्था रहेको छ । हरेक दिन फरकफरक खाजा खानाको स्वादमा बालबालिकाहरु रमाउन पाउनेछन् ।
बालबालिकाहरुलाई स्वस्थ रहनका लागि प्रत्येक दिन योगा, खेलकुद, नृत्य, प्रश्नोत्तर कार्यक्रम, राम्रो संस्कार सिकाइने, चित्रकला र हस्तकला जस्ता विषयमा बढी जोड दिने प्राचार्य देवकाटाले बताए ।