चितवन । रत्ननगर–१ निपनीमा रहेको लाइसियम इन्टरनेसनल मोडल स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार कोरोना भाइरस प्रकोपको अवस्था र स्वस्थ रहन अपनाउनुपर्ने सजगताका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।
विद्यार्थीहरुलाई भरतपुर अस्पतालका डा. ललिता खड्काले प्रशिक्षण दिएकी थिइन् । एल केजीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हात धुने तरिकाका सम्बन्धमा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।
उक्त अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले विश्वका करिब ८४ देशमा फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले नेपालमा समेत फैलन सक्ने भनी जोखिमको सूचीमा राखेकोले यसबाट बच्नलाई सतर्कता अपनाउन सुझाव दिएका थिए ।