चितवन- बटुक दल गण कसरा व्यारेकले भरतपुर–२३ को सरस्वती माध्यमिक विद्यालय मधुपुरीमा अध्ययनरत विद्यार्थी र स्थानीयलाई लक्षित गरी शनिबार प्रकृति संरक्षण सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ ।
निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अवधारणालाई सुदृढ गर्न र सोही कार्यलाई प्रवद्र्धन गर्नको लागि तथा दिगो बनाउनको लागि निकुञ्जमा तैनाथ बटुक दल गणको पहल र निकुञ्ज कार्यालयको समन्वयमा प्रकृति संरक्षणसम्बन्धी जानकारीमूलक वृत्तचित्र र नाटक प्रदर्शन गरिएको हो ।
सो अवसरमा गणका कलाकारले वातावरण संरक्षणबारे वृत्तचित्र, सडक नाटक र अन्तक्र्रिया गरिएको थियो । वृत्तचित्रमा सेनाले निकुञ्जभित्र गरेका संरक्षण सम्बन्धित गतिविधिलाई समेटिएको थियो । नाटकमा गैँडा तस्करीलाई सेना र तालिमप्राप्त कुकुरको सहयोगबाट पक्राउ गरी कारबाही गरिएको दृश्य देखाइएको थियो ।
सरस्वती मावि मधुपुरीमा अध्ययनरत कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग दिइएको थियो ।
तराई भूपरिधिको सहयोगमा निकुञ्जको कसरा, पुलगेट, बनकट्टा, अमलटारी, लौखानी, सौराहा, खोरसोर, हात्तीसारहरुमा २१ वटा ठूलो डस्टविन वितरण गरिएको ४० वटा साना डस्टविन सहयोग गरिएको गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिए ।
साथै, सो क्रममा सार्वजनिक यातायातका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई प्लास्टिक निषेधित क्षेत्र र फोहोर व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कोकाकोला तराई बोटलर्स प्रालिको सहयोगमा गणले माडी–भरतपुर चल्ने सार्वजनिक सवारीमा फोहोर व्यवस्थापनका लागि डस्टविन सहयोग गरेको थियो ।
संरक्षण कार्यलाई दिगो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन र स्थानीयवासीबीचको एकता आवश्यक रहेको र सुरक्षा निकाय मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय प्रशासन, जनसहभागिता र संरक्षणमा सहभागी संरक्षणकर्मीहरुको संयुक्त प्रयासबाटमात्रै संरक्षण कार्य दिगो बनाउन मह¤वपूर्ण भूमिका हुने सहभागी वक्ताहरुको जोड थियो ।
कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर २३ का वडाध्यक्ष नरिनारायण पौडेल, २१ का वडाध्यक्ष चित्रसेन अधिकारी, केरूङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेल, विद्यालयका सहायक प्रधानाध्यापक श्यामकुमार श्रेष्ठ, बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ, गणका अपरेसन अधिकृत सहसेनानी विकास पुरीलगायतले मन्तव्य राखेका थिए ।