
चितवन- श्रीवैष्णव युवा परिषद् नेपाल जिल्ला शाखा चितवनको साधारण सभा तथा अधिवेशनले परिषद्को जिल्ला अध्यक्षमा पुनः वेदप्रसाद आचार्यलाई चयन गरेको छ ।
उपाध्यक्षमा स्मृति सापकोटा र नवीन पौडेल, सचिवमा प्रशान्त विक्रम सापकोटा, कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ, सहसचिवमा हरि कँडेल रहेका छन् ।
यस्तै, सदस्यहरुमा सीता कोइराला, पवन खराल, विक्रम सापकोटा, भावना सापकोटा, रक्षा न्यूरे, विक्रम पौडेल, गणेश आचार्य, विनिता अधिकारी, अमृत पौडेल, हरि सापकोटा र विज्ञान अधिकारी चयन भए । यस्तै, सल्लाहकारहरुमा डा. सुन्दर गौतम, डा. मनोज कँडेल, डा. महेश बास्तोला, डा. सागर आचार्य र यादवेन्द्र श्रेष्ठ चयन भएका छन् ।
परिषद्का जिल्ला अध्यक्ष आचार्यको सभापतित्व एवं लक्ष्मी वेंकटेश हरिकीर्तन मन्दिरका संस्थापक अध्यक्ष उमानाथ कँडेल ‘अखण्डबाबा’को प्रमुख आतिथ्यतामा भरतपुरको लंकुस्थित लक्ष्मी वेंकटेश हरिकीर्तन मन्दिरमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वक्ताहरुले सबै ओमकार परिवारभित्रका धर्मसम्प्रदायहरु ऐक्यबद्ध भई हिन्दुराष्ट्र संरक्षणमा लाग्नुपर्ने र धर्म परिवर्तनविरुद्ध सँगसँगै लड्नुपर्नेमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रममा युवा परिषद्का सदस्य प्रशान्त विक्रम सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।