चितवन- भरतपुर महानगर १ स्थित नारायणी नदीकिनारमा सोमबार बेलुकी ४ः३० बजे होली मनाउने क्रममा मापसे गरी झैझगडा हुँदा भरतपुर ११ लामा टोल बस्ने १८ वर्षीय राज तामाङ गम्भीर घाइते भएका छन् ।
यस्तै, १७ वर्षीय सनम थापा र रत्ननगर टाँडीका १९ वर्षीय सचिन रानामगर मध्यम घाइते भएका छन् । तामाङ र थापाको नयाँ मेडिकल कलेज र रानामगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने भरतपुर २ का १८ वर्षीय दिपेश घले र भरतपुर १० बस्ने शीर्षक गुरुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।











