काठमाडौँ- पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले निर्माण गर्दै गरेको नयाँ घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।

भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए । यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ ।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमानमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो । उनी अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया