चितवन- कालिका नगरपालिका वडा नं २ पदमपुर, सिर्जनाचोकमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा आएको छ ।

लामो समयदेखि मोटरसाइकल खरिद बिक्री गर्ने व्यवसाय सञ्चालन गर्दै आइरहेका कुमार चौधरीले करिब तीन करोडको लगानीमा ज्याकवास सञ्चालनमा ल्याएका हुन् ।

कालिका नगरपालिकाको पदमपुर सहरीकरणतर्फ उन्मुख क्षेत्र हो । मोटरसाइकलको बढ्दो मागलाई मध्यनगर गरी मोटरसाइकल एक्सचेन्ज अफरसहितको ज्याकवास सञ्चालनमा ल्याएको कुमार चौधरीले बताए ।

बिहीबार कुमार चौधरीका बुवा ६५ वर्षीय पिउर महतोले रिवन काटेर चौधरी ज्याकवास तथा रिकण्डिसन हाउसको उद्घाटन गरेका थिए । कुमार यो व्यवसायमा स्थापित व्यवसायी हुन् ।

चौधरी ज्याकवास तथा रिकण्डिसन हाउसबाट बजाज मोटरसाइकलको बिक्री, पुरानो मोटरसाइकलसँग नयाँ मोटरसाइकल साट्न सकिने, सेकेण्ड हाइण्डको मोटरसाइकलसमेत खरिद गर्न सकिने गरी ज्याकवास सञ्चालनमा ल्याएको चौधरीले बताए ।

उनले मोटरसाइकलको सर्भिस गर्ने व्यवस्थासमेत रहेको उनले बताए । करिब तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरी चौधरीले व्यवस्थित रुपमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा ल्याएका हुन् ।

ज्याकहाउसले ग्राहकको सन्तुष्टिलाई आत्मसात् गर्दै भरपर्दो सेवा प्रदान गर्ने सञ्चालक चौधरीले बताए । रत्ननगरमा रहेको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता निसास मोटर्सको सञ्चालक सञ्जिव थापाले बजारीकरणका रुपमा विकास हुँदै गएको पदमपुरमा सञ्चालनमा आएको ज्याकवासले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया