नागोया, जापान- चितवनका पूर्वपत्रकार कविकिरण न्यौपानेले जापानमा टिपिकल नेपाली रेष्टुरेन्ट सञ्चालन गरेका छन् । नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक एवं वर्तमान सल्लाहकारसमेत रहेका न्यौपानेले जापानको नागोया सहरमा उक्त रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।

जापानमा नेपालीहरुको संख्या वृद्धिसँगै टिपिकल नेपाली खाना खाने ठाउँको महसुस गरिएकोले नेपालीहरुको संख्या अधिक भएको यस क्षेत्रमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको रेष्टुरेन्टका र्निदेशक कविकिरण न्यौपानेले बताए । एक लाखको हाराहारीमा नेपालीहरु रहेको जापानमा टोक्योपछि धेरै नेपालीहरु नागोया क्षेत्रमा बस्छन् ।

उक्त नमस्ते नेपाली रेष्टुरेन्ट नागोया स्टेसनसँगै रहेको विगक्यामेरा सुपरमार्केटबाट नजिकै रहेको छ । नेपाली कलात्मक तरिकाबाट सिंगारिएको उक्त रेष्टुरेन्टमा नेपाली परिकारहरु सुपथ मूल्यमा उपलब्ध हुने रेष्टुरेन्टका प्रबन्ध निर्देशक सूर्य पोखरेलको भनाइ छ।

रेष्टुरेन्टमा नेपाली खाना ढिडोसँगै मःम, चटपट, पानीपुरी, चाउमिन, सेकुवा, छोयला, भुटनलगायत धेरै नेपाली परिकारहरु रहेका छन् । साथै, जापानिजहरुलाई नेपाली परिकारको बारेमा जानकारी गराउने र खान प्रेरित गराउने उद्देश्य सञ्चालकले लिएका छन् ।

नागोया सिटीको नाकामुरा (कु ताकेवासिचो १-१४) मा रहेको उक्त नेपाली रेष्टुरेन्टमा विभिन्न किसिमका भेला, सेमिनार, मिटिङ्ग गर्नसमेत सकिने बताइएको छ।

तपाईको प्रतिक्रिया