काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार मुद्दामा साढे ८ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले राईविरुद्ध दायर मुद्दामा सजाय सुनाउँदै यस्तो आदेश गरेको हो ।

त्यस्तै, राईबाट पीडितलाई क्षतीपूर्तिबापत डेढ लाख रुपैयाँ भराउने आदेश पनि भएको अदालतमा स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईमाथि बलात्कार अभियोग लागेपनि संगठनले निलम्बित गरेको थियो ।

गत कात्तिकमा जोरपाटी माकलबारीमा उनले साथीको बहिनीलाई आफ्नै कोठामा बोलाई बलात्कार गरेको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया