चितवन- प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७६ शुक्रबारदेखि यहाँ सुरु भएको छ । भरतपुरस्थित कभर्डहलमा सुरु भएको प्रतियोगिताको वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले उद्घाटन गरेका छन् ।

उनले पछिल्लो समय चितवनमा खेलकूदको गतिविधि बढ्दै गएकामा खुशी व्यक्त गर्दै अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माणले समेत खेललाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघ, चितवनको आयोजनामा सुरु भएको प्रतियोगिता शनिबार सकिँदैछ ।

प्रतियोगितामा मेन्स डबल ‘ए’, ‘बी’, भेट्रान ४५ माथि र भेट्रान ५५ माथि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा देशभरबाट कुल २०० खेलाडी सहभागी भएको आयोजक संस्थाका कुश गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया