काठमाडौँ- कोरोनाको त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन् । यसअघि बन्द रंगशालामा खेलाउने बताइए पनि अन्तिम समयमा दुवै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेको छ ।

यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण टस नै नभई रद्द भएको थियो । बाँकी दुई खेलमा कोरोनाको संक्रमणलाइ मध्यनजर गरेर बिनादर्शक खेलाउने बताइएको थियो ।

तर, यतिबेला लखनउ र इडेन गार्डेनमा हुने खेल रद्द गरिएको छ । सिरिज रद्द भएपछि दक्षिण अफ्रिकाको टिम स्वदेश फर्किने भएको छ ।

बीसीसीआईले कोरोनाको त्रासका कारण आईपीएल पनि १७ दिन पछाडि सारेको छ ।

तपाईको प्रतिक्रिया