काठमाडौँ- सरकारले यसपटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् ।

चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ ।

नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टर छन् । तिनले नेपालमा पर्याप्त दक्ष पाइलट नभएकाले पर्यटकीय सिजनमा मासिक ६ लाखसम्म तलब दिएर विदेशी पाइलट ल्याउने गर्छन् ।

कतिपय एयरलाइन्सले वर्षैभरि विदेशी पाइलट राख्दै आएका छन् । हेलिकप्टर चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको कँडेलले बताए ।

केही कम्पनीले कर्मचारी कटौती पनि थालेका छन् । करोडौं लगानी गरेका व्यवसायीहरूले खर्च कटौती गर्न शनिबार विदेशी बिमा कम्पनीका प्रतिनिधिसँग काठमाडौँमा छलफल गर्दैछन् ।

तपाईको प्रतिक्रिया