चितवन- चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पूर्वी चितवनको खैरहनीमा रहेको ग्लोसाइन एकेडेमीले २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।

आइतबार एक समारोहबीच विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट सानो रकम संकलन गरेर रंगशाला निर्माणमा लागि विद्यालयको तर्फबाट सहभागिता जनाएको विद्यालयका सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।

सो क्रममा धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले राष्ट्रिय गौरवको परियोजना बनाउन विद्यालयले पनि अपनत्व लिएकोमा खुसी प्रकट गर्दै तोकिएको समयमा नै रंगशाला बन्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया