चितवन- यही चैत १ गते राति ९ः४५ बजेको समयमा रत्ननगर २ स्थित सब्जीमन्डीअगाडि पूर्वपश्चिम रागमार्ग सडकखण्डमा साइकल डो¥याएर हिँडिरहेका तीन जनालाई ठक्कर दिई फरार रहेको बा १८ च २८० नम्बरको सेतो रंगको कार र चालक आइतबार पक्राउ परेका छन् ।

ठक्कर दिई भागेको कार र चालकलाई खोजतलास गर्ने क्रममा प्रहरीले आइतबार बिहान ८ः३० बजे खैरहनी १ ज्यामिरेका ५६ वर्षीय शिवराज पाठकले आफ्नै घरछेउमा त्रिपालले छोपी लुकाइराखेको अवस्थामा फेला पारेपछि निज चालक पाठकलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

पाठकले तीन पैदलयात्रुलाई कारले ठक्कर दिएकोमा तीनमध्ये एक जना सख्त घाइते भएका छन् । उनको सिएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटना गराई फरार रहेको कार र चालकलाई फेला पार्ने प्रहरी टोलीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । साथै, घटनाको अनुसन्धानमा सहयोग गर्ने स्थानीयवासीलाई समेत विशेष धन्यवाद ज्ञापन गरेको छ ।

दुर्घटना एक प्रकोप भएकाले दुर्घटना गराइ भाग्नेभन्दा पनि दुर्घटनापश्चात् थप क्षति हुन नदिन सहयोग गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया